- प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री सिफारिस गरेकी छन् ।
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले चार मन्त्रीको सिफारिश गरेकी हुन् । नयाँ मन्त्रीको शपथ दिउसो २ बजे हुने भएको छ ।
प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री सिफारिस गरेकी छन् । प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद, श्रेष्ठलाई यस अघि पर्यटन मन्त्रालय दिने भनिएको भएपनि उनलाई भूमिसुधार मन्त्रालय दिइने भएको छ भने डा. गौतमलाई स्वास्थ्य मन्त्रालयका लागि सिफारिस गरेकी छन् ।
हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।